०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ घुस राखिदिने रेष्टुरेन्ट सन्चालक पनि पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत महिला प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार राख्न दिएको घुससहित दुवैलाई काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!