११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बाँकेमा आगलागी २५ घर जलेर नस्ट सिडियो र एसपीको आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७


(महेन्द्र सिंह) बाँके । नरैनापुरमा आगलागी हुँदा दमकल नभएपछि स्थानीय र सुरक्षाकर्मीलाई आगो निभाउन हम्मेहम्मे परेको थियो ।

बाँकेको नरैनापुर गाउँपालिकामा वडा नम्बर एकस्थित दलितबस्तीमा आगलागी भएको खबर पाए लगत्तै बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङ्गले स्पोर्टमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराएका छन ।

यहाँको दलित बस्तिमा २५ घर आगलागीबाट पुर्ण रूपमा नष्ट भएका छन । घटना भएको खबर पाए लगत्तै सुरक्षाकर्मीसहित नेपालगन्जबाट नरैनापुर पुगेको सिडिओ कुरूम्वाङ्गले आगलागीबाट पीडित बनेका २५ घर परिवारलाई तत्काल प्रति घर परिवार १५ हजारका दरले तत्कालिन राहत उपलब्ध गराएका छन ।

बाँके प्रशासनको तर्फमा सिडिओ कुरूम्वाङ्गले उक्त राहत उपलब्ध गराउँनुका साथै बसाई र खानाको समेत व्यवस्थापन गरिएको छ ।

नरैनापुरको उक्त लागलागी पीडित बस्तीमा रेडक्रसले बन्दबस्ती र गाउँपालिकाले खानाको ब्यवस्था गरेको हो । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन ।

उक्त बस्तीमा आगो करिब दुई घण्टापछि नियन्णमा आएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो नियनत्रणमा आएको हो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी शुरू भएर २५ वटा घर पूर्ण रुपमा नष्ट भएका गाउँपालिकाले बताएको छ ।

घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ ।
आगलागीबाट करोडौंको जिन्सी तथा नगद क्षति भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!