०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जावलाखेलमा प्रहरीलाई कुटपिट गर्ने लाई दिपकराज जोशीको सुझाब

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

ABC (क्राईमबिट) काठमाडौं । तिमीहरुको बच्चा आपहरणमा परे प्रहरीकै ढोकामा सहयोगको भिख माग्न नजानु । प्रहरीलाई ढुङ्गा हन्ने हात ले बिन्ती गर्दै “मेरो छोरा खोजिदिनु ” नभन्नु लाज हुन्छ ।

घर पहिरोमा पर्दा तिमीहरूको आगनमा सहयोग गर्न आउने प्रहरीलाई त्यो ठाँउबाट निकल्नु । प्रहरीलाई छि:छि थु : थु गर्ने थुतुनोले ” मेरो गर्भवति श्रीमतीलाई खोजिदिनु” नभन्नु लाज हुन्छ।

खेतमा धानको बीउ लाउन गएको बेलामा तिमीहरुको परिवार बाढीले बगाएको बेला तिमीहरुको अाँखा सामुन्ने सहयोग गर्न आउने प्रहरीलाई त्यहाँबाट भगाउनु । प्रहरीलाई लात हन्ने तिम्रो खुट्टा बिर्सेर “मेरो परिवारलाई बचाउनु “भन्दै प्रहरीको खुट्टा नसमाउनु लाज हुन्छ।

आज रथ तान्दा जति धर्म गर्‍यौ भनेर सोचिरहेको छाै त्योभन्दा हजारौं गुणा पाप गरेका छाै ।
आफ्नो घरमा एक महिनाको छोरो , बयासी बर्षको स्या: स्या गर्ने आमा , छोडेर तिम्रो सुरक्षा गर्ने प्रहरी तिम्ले कुटपिट गरिरहेको बेला आफ्नो आमा र दुधे बालक सम्झिरहेको छ।
बिहान देखि बेलुकासम्म एक प्याकेट बिस्कुटमा आहोरात्र तिम्रो सेवामा लाग्ने प्रहरी तिम्ले भखर भुँडी फुट्नेगरि खाएको गावाको गन्धले उसलाई भोक लागेको छ।

एक घुट‌्काे पानीले दिउँसोभरि घाममा बस्ने प्रहरीलाई तिम्ले कुटपिट गर्दा गर्दा थाकेर तिम्रो ज्यानबाट निस्केको पसिनाले उसलाई तिर्खा लागेको छ।

तिम्रो जस्तो रिस प्रहरीको पनि छ तर उनीहरुको रिस बन्दुकको नलीमा आएर रोकिन्छ कारण अनुशासन।
तिमीले जसरी प्रहरीको बर्दि च्यतेको छाै उनीहरुले त्यसरी नै तिम्रो छाला च्यात्न सक्छन् तर तेस्तो गर्दैनन् कारण अनुशासन।

देशको सिमा मिचिदा होस् या घरको सिमा मिचिदा होस् प्रहरी गुहर्ने तिम्रो बुद्धि आज कहाँ भोज खान गयो र येस्तो हर्कत गरेको ?
प्रहरीलाई सलाम गर्न पर्ने तिम्रो हातले ढुङ्गा हन्न थाल्नी भएको रहेछ , घर गएर दराजमुनि राखेको खुकुरीले आफ्नो हात काटिदिए हुन्छ ।

तिमीहरूलाई तिमीहरुले गरेको काम सहि लाग्छ भने बेलुका घरमा गएर आफ्नो आमालाई यो कुरा सुनाउ तिम्रो बास सडकमा हुनेछ ।
#I_M_WITH_NEPAL_POLICE
✍️✍️ दीपक राज जोशी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!