२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

दाङमा ओलि समुहले नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड राख्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

ABC Sanchar
दाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष हुकुम बस्नेतको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको दाङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् । नेकपा ओलि समुह लुम्बिनि प्रदेश कमिटि सदस्य, जिल्ला सदस्य तथा एमाले र केही माओबादी नेता, कार्यकर्ताको खुसियालीमा पार्टी कार्यालमा दिप प्रज्वलन गर्नुका साथै सै पनि एमाले, मै पनि एमाले गित बजाएर नाचगान गरेका थिए । त्यसक्रममा नेकपा एमाले जिन्दाबाद, केपि ओलि जिन्दाबाद भन्दै नाराबाजी गरेका थिए । कार्यक्रमको सहजिकरण ओलि समुहका जिल्ला सचिब मनोहर बुढाथोकिले गरेका थिए ।

घोराही १५ भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूह र प्रचण्ड-माधब नेपाल समुहले गतिविधि गर्दै आएको थियो ।

सर्वाेच्चको फैसलापछि सोमबार नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको नेकपा ओलि समुह लुम्बिनि प्रदेश कमिटि सदस्य बलिभद्र रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!