१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

सशस्त्र प्रहरीले ३ जंगली बदेलसहित भारतिय मोटर साईकल पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

ABC (क्राईमबिट)
कपिलबस्तु । पछिल्लो समय कपिलबस्तुको सिमा क्षेत्रमा भारतिय जंगलबाट बदेल मार्ने र नेपाल भित्राउने क्रम बढेको छ । जिल्लाको मर्यादपुर नाका हुदै तस्करहरुले जंगली जनावर बंदेल नेपाल भित्राउने गरेका छन् ।
शुक्रवार बिहान करिब ५ बजे शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएको ६ जनाको मोबाईल गस्ती टोलीले यशोधरा गाँउपालिका– ६ पुन्निहवा भन्ने स्थानमा भारतबाट लुकाई छिपाई ल्याईएका ३ वटा जंगली बदेल र यू.पी. ५५ ए ५५४८ नम्बरको भारतिय हिरो होण्डा मोटर साईकल सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ३ वटा जंगली बदेल मृत अवस्थामा रहेका छन् भने ती बदेलहरुको वजन १ सय ८० किलोग्राम रहेको छ ।
गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीलाई देखेपछि बंदेल तस्करहरु भागेपछि प्रहरीले मोटरसाईकलमै रहेका ३ वटा बदेल नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएका बदेलको मुचुल्का तयार गरी डिभिजन बन कार्यालय कपिलबस्तुमा बुझाएको शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी गराएका छन् ।
नियन्त्रणमा लिएका बदेल भारतिय जंगलबाट लिएर तस्करहरुले नेपाल भित्राउने गरेको स्थानियको भनाई छ । शसस्त्र प्रहरीले नाकामा कडाई गरे पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!