२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

घोराही सिमेन्ट उद्योगको प्रदुषणका कारण स्थानियबासीहरु धमाधम बिरामी

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

 

ABC Sanchar
दाङ । घोराही सिमेन्ट उद्योगबाट निस्कने प्रदुषणका कारण स्थानिय नागरिक लामो समयदेखी मारमा परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर ४ गोग्लीमा रहेको सिमेन्ट उद्योगबाट निस्किएको प्रदुषणका कारण आफूहरु निकै समस्यामा परेको उनिहरुको गुनासो छ ।

सिमेन्ट उद्योगबाट उत्पन्न भएको धुवा, धुलो र ध्वनि प्रदुषणका कारण गोग्ली देखी लिएर सुन्पुर, लक्ष्मिपुर, बगर्दा वेलभारसम्मका नागरिकहरुले स्वास्थकर सास समेत फेर्न समेत नपाएको उनिहरुको गुनासो छ । त्यस क्षेत्रमा पानिका मुहानहरु सुक्दै गएका छन् भने कृषि उत्पादनमा हास्र आईरहेको छ ।

स्थानिय दिलबहादुर घर्तिले भन्नुभयो,–‘सिमेन्ट उद्योगकाबाट निस्कने धुवा, धुलो र ध्वनि प्रदुषणले हामी आजित भैसकेका छौँ । यहाँका नागरिकहरु यसको समाधानका लागी विद्रोहमा जाने तयारी भैरहेको छ । कृषि उत्पादनमा निकै कमी आएको छ ।

उद्योगभित्र ठुलो पावरका ५ वटा डिप बोरिङ राखिएकाले हाम्रो बस्तिहरुमा पानीका मुहानहरु सुक्न थालिसके । कयौँ वर्षदेखि नसुकेका कुवाहरुमा पनि सुक्न थालेका छन्, घर्तिले भन्नुभयो ।

यस्तै घोराही ४ का तुलसा केसीले रातको निद्रा र दिनको सन्तुष्टि उद्योगको प्रदुषणले खोसेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,–‘ हामीले कपडा धोएर सुकायौँ भने त्यो कपडा सिमेन्टले धुलाम्मे भएको हन्छ, स्वस्थकर स्वास पनि हामीले लिन पाएका छैनौँ ।

रातको निद्रा समेत सिमेन्ट उद्योगबाट निस्किएको धेरै ठुलो ध्वानीले बिथुली दिन्छ । त्यसैले हामीलाई निकै समस्या छ । हामीलाई परेको समस्या स्थानिय सरकारलाई बारमबार सुनाउदा पनि यस्को कुनै सम्वोधन हुन सकेको छैन् । अखिर हामीले समस्या झेल्नु पर्ने कहिले सम्म ?, केसीले भन्नुभयो ।

यस्तै अर्का स्थानिय विशाल सुवेदीको दुखेसो पनि यस्तै छ । उहाँले भन्नुभयो,–‘हामीले दुना टपरी खुट्नका लागी जंगलबाट ल्याएको पात समेत सिमेन्टको धुलोले धुलाम्मे हुन्छ । त्यसलाई टालोले पुच्दै पत्रि खुट्नुपर्ने अवस्था छ । सालको पातमा मात्रै होईन, सबै कुरामा यस्तै छ । सिमेन्ट उद्योगले मनपर्दी पदुषण गर्दै गईरहेको छ ।

जस्का कारण हामी विभिन्न रोगको शिकार हुने जोखिम निकै बढेर आएको छ । हाम्रो समस्या सम्बोधनका लागी स्थानिय सरकार र सिमेन्ट उद्योग गम्भिर बन्न आवश्यक देखिएको छ ।अर्कोतिर सिमेन्ट उद्योगले सबै कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेको जनाउदै आएको छ ।

उद्योगलाई वातावरणमैत्री बनाउनु बाहेक अर्काे विकल्प छैन् : नगरप्रमुख चौधरी

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बस्तिको विचमा रहेको सिमेन्ट उद्योगलाई वातावरणमैत्री बनाएर सञ्चालन गर्न नगरले दवाव दिई रहेको बताउनु हुन्छ ।

नगरप्रमुख चौधरीले भन्नुभयो,–‘हामीले उद्योगको अनुगमन गरेका छौँ र उद्योगलाई वातावरण मैत्री बनाएर चलाउन दवाव दिने काम गर्दै आएका छौँ । हाम्रो देश कागज र सपुतमा चल्छ । हामी अनुगमनमा जादा उद्योगले सबै कुरा राम्रो भएको देखाउछ ।

सबै कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा आएको कागजी प्रमाण र त्यहाँका स्थानियहरुको मन्जुरी लिएको पत्रमा स्थानिय नागरिकहरुको हस्ताक्षर गराई सकेको हुन्छ ।

उद्योग सरकारले अधिकार दिएरै खोलको छ । कानुनी प्रकृया पुरा गरेरै दर्ता गरेको छ । त्यसैले विगतमा खुलेको उद्योगलाई वातावरणमैत्री बनाउनु बाहेक हामीहरुसँग अर्काे विकल्प छैन्, नगरप्रमुख चौधरीले भन्नुभयो ।

स्थानियहरुको गुनासोलाई सम्वोधन गर्न आफूहरु निरन्तर लागी परेको र त्यो प्रयत्न अझै प्रयाप्त हुन नसकेको उहाँले बताउनु भयो । अहिले घोराही ३ र ५ नम्वर वडामा पर्ने जंगलक्षेत्रमा औधिगीक क्षेत्र घोषणा गरेसँगै अव बन्ने उद्योगहरुलाई सोही क्षेत्रमा व्यवस्थापन गरिने उहाँले बताउनु भयो । चन्द्रप्रकाश नेपालीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!