२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

बर्दिया प्रशासनको आग्रह बाघ आतंक जोखिम क्षेत्रमा नजान

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

(सर्मिला बोगटी)
बर्दिया । नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरेको छ । बाघको आक्रमणबाट चालू आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइसकेको छ । आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई पनि आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले स्थानीयलाई वनक्षेत्रमा प्रवेश नगर्न भनेको हो ।

निकुञ्जले सूचना जारी गरेरे भनेको छ हाल बन्यजन्तुको बढ्दो आक्रमणबाट बच्न आगामी १० दिनसम्म सम्भावित जोखिमयुक्त बनक्षेत्रमा प्रवेश नगर्न, उक्त क्षेत्रमा सडकमा आवागमन गर्दा रात्रीको समयमा पैदल यात्रा, साइकल तथा मोटरसाइकलबाट यात्रा नगर्न तथा सुरक्षाका भरपर्दो तरिका अपनाउन हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसहरुको हिडडुल बढी हुने गरेको छ । त्यस्तै जिविकोपार्जनका लागि त्यसक्षेत्रका नागरिकहरु वनक्षेत्रमा जाने गरेका छन् । जस्का कारण उनीहरु बाघको शिकार हुने गरेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

error: Content is protected !!