१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

यौन प्रकरणमा जर्नेल तथा महिला सैनिक अधिकृतसहित ३ जना बर्खास्त

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको खबर राजधानी दैनिकमा छ ।

सैनिक उच्च स्रोतका अनुसार जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो ।

सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो ।

कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।

सैनिक स्रोतका अनुसार अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुव्र्यवहार गरेको तथ्य फेला परेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!