०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भक्तपुर प्रहरीले श्रोत नखुलेको ४२ लाख सहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । स्रोत नखुलेको ४२ लाख रुपैयाँ नगदसहित भक्तपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

अरनिको राजमार्गअन्तर्गत मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार सुरक्षा चेकजाँचको क्रममा महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले नगदसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे छन् ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ बरामद भएको हो ।

साथै उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!