०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा बिद्यार्थीलाई चक्कु प्रहार गरि मोबाइल लुटपाट

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगंज राँझा चोक नजिक शनिबार बिहान परिक्षा दिन स्कुल जाने क्रममा एक अन्जान व्यक्तिले चक्कु प्रहार र लुटपाट भएको छ ।

राँझा पतेदारपुर् निवासी मानिस बर्मालाई शनिबार बिहान परिक्षा दिन जान लागेको क्रममा राँझा नजिक एक अन्जान व्यक्तिले धम्क्याएर घाटीमा चक्कु राखी मोबाइल लुटेर चक्कु प्रहार गरेको हो । स्प्रिङ डेल एकेडेमीमा अध्यनरत बर्मालाई चक्कु प्रहार गर्दा हातको भित्रि मासु काटिएको छ ।

“उसले चक्कु प्रहार गर्दा भित्रि मासु काटिएको छ । अर्को पटक प्रहार गर्दा आफुले छेकेर भागेर उसलाई लखेटदा ऊ कार्बलातिर भाग्यो त्यसपछि एक जना दाईसित पुलिसलाई खबर गरि लगेर खोज्दा भेटिएन बर्माले भने । यता बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले लुटपाट गर्ने जोकोही भएपनि
प्रहरीले खोजीकार्य जारी राखेको बताए । राँझामा यो भन्दा अघि यस्तै घटना घटेको स्थानीय बासीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!