११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

मोरङमा ६० वर्षीया वृद्धालाई बोक्सी भन्दै निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

 

ABC (क्राईमबिट)
विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो । ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे ।

ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले । श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए ।

उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो । ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बनिन्’, ती वृद्धले भने, ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ ।’

यो घटना मोरङको रतुवामाई–२ डोरियामा भएको हो । एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि वृद्धा थलिएकी उनले बताए ।

छिमेकी ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यीमध्ये भीमलाल, जितनलाल र लखनलाल दाजुभाइ हुन् । लक्ष्मीप्रसाद उनीहरूका भतिज हुन् । हैरानी भीमलालकी छोरी हुन् ।

घटनाअनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो । त्यही रिसइबीका कारण बोक्सी आरोप लगाउँदै कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

अचेत बनाएपछि अब मृत्यु भइसक्यो भन्दै श्रीमतीलाई छाडिएको पीडितका श्रीमान्को भनाइ छ । उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाएका कारण परिवारका सदस्यलाई बिसन्चो हुने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले निहुँ खोज्ने गरेका थिए ।

उनले आरोपितविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।

वडाध्यक्ष किरणसिंह गनगाईंले बोक्सी आरोपमा कुटपिट नभएको दाबी गरे । दुई परिवारबीच जग्गाको सिमानाका विषयमा विवाद रहेको उनले उल्लेख गरे ।

‘त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धामाथि कुटपिट गरिएछ’, टेलिफोन सम्पर्कमा वडाध्यक्ष गनगाईंले भने, ‘जग्गाको विषयमा झगडा भएकाले बोक्सी आरोप लगाएर कुटपिट गरिएको हैन ।’

वडाध्यक्ष गनगाईंले घाइते निको भएर आइसकेपछि गाउँमै घटना मिलाइने बताए । ‘यो त्यत्रो ठूलो घटना हैन’, उनले भने, ‘जे भए पनि कुटपिट भएका कारण उपचार गरेर निको भई बिरामी फर्किएपछि गाउँमै छलफल राखेर आगामी दिनमा कुटपिट नगर्ने सर्तमा दुई पक्षबीच मिलापत्र गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!