१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सरकारले दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो लगाउन निर्देशन…

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

ABC Sanchar
काठमाडौं । सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ ।

यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूध ढुवानी गर्ने गाडीलाई विश्वमा कुनै पनि देशले छुट्टै लोगो प्रदान नगरेको भन्दै नेपाल पहिलो हुने बताए ।

उनका अनुसार त्यस्तो लोगो पाएका दूध ढुवानी गर्ने साधनलाई एम्बुलेन्स जस्तै कसैले पनि रोक्न सक्दैन । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा तिनमा रोकावट भइरहेको हुन्छ ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुने गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि लोगो तयार गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक यादवले दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिनाकारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको बताए । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!