११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेपाल प्रहरीका ७ डिआइजी सरुवाको तयारी गृह मन्त्रालय

Logo
प्रकाशित मंगलबार, चैत्र ०३, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।

सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा छ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदी कार्यरत छन् । गत वर्ष बैशाखमा उनीहरुलाई सरुवा गरिएको थियो । ११ महिना पुग्न लागेकाले हेरफेर गर्न लागिएको स्रोत बताउँछ ।
प्रदेश जान खोज्नेमा पुरानो ब्याचबाट अरुण बिसी, सहकुल थापा, प्रकाशजंग कार्की छन् । सिनियर भएकाले उनीहरु तिनै जनाले प्रदेश इन्चार्ज पाउने सम्भावना छ ।
त्यस्तै हालै बढुवा भएका डिआइजीहरु दिवेश लोहनी, डा देवबहादुर बोहरा, प्रकाश अधिकारी, गणेश ऐर, मुकुन्द आचार्य, उमेश रञ्जितकार, पुरुषोत्तम कँडेल, राजेशलाल कर्ण, रामकृपाल साह पनि प्रदेश इन्चार्ज हुने प्रतिस्पर्धामा छन् । सरुवाका लागि तिव्र राजनीतिक लबिङ भइरहेको स्रोत बताउँछ ।
प्रदेशको इन्चार्ज नपाउनेलाई सिआईबी, बिशेष ब्यूरो तथा साइबर ब्यूरोमा इन्चार्ज पाउने सम्भावना छ । तर, हाल प्रदेशमा रहेका डिआजीहरु सिआइबी र बिशेष ब्यूरोमा सरुवा लागि लबिङ गरिरहेका प्रहरी स्रोत बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!