०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

खजुरीका प्रहरी निरीक्षक रोकायाले दर्जनौ डिजेहरुलाई कार्वाही गरे

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

ABC (क्राईमबिट) धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले राती ९ बजेदेखि विहान ५ बजेसम्म डिजे, हर्न, एण्डको लगायतका चर्को स्वरको बाजा प्रतिबन्ध गरेको हो ।
धनुषा इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाको एक्सनपछि दर्जनौ डिजे र लाउडस्पीकर कारवाहीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले राती ९ बजेदेखि विहान ५ बजेसम्म हर्न, डिजे वा कुनै पनि लाउडस्पीकर बजाउन नपाउने निर्देशन दिएलगत्तै एक्सनमा आएका ईन्सपेक्टर रोकायाले दर्जनौ डिजेबालालाई कारवाही गरेको हो ।

निर्देशन जारी भएलगत्तै भोलीपल्ट नै ४ वटा डिजेलाई कारवाही गरेका ईन्सपेक्टर रोकायाले पुनः ४ दिनमै एक दर्जन डिजे र डिजेबालालाई कारवाही स्वरुप मेसिन उठाएका छन् ।

इलाका प्रहरी कार्यालय खजुरीभित्र पर्ने ठाउँहरुमा कडा निगरानी र कडा पेट्रोलिँग गरी बिहे वा अन्य प्रयोजनमा चर्को साउण्डमा डिजे बजाएको भन्दै डिजेको मेसिनहरु उठाएर इलाका प्रहरीमा थन्काएका छन् ।

डिजे मालिकलाई आइन्दा तोकिएको समयमा नबजाउने गरी कागज गरी मात्र मेसिन दिने गरेको जनाइएको छ । इन्सपेक्टर रोकायाले माथिको निर्देशनलाई कडा रुपमा लागू गरिएको बताए ।

यो पनि पढ्नुहोस्
धनुषा प्रहरीले डिजेको मेसिन उठाउँदै, आधा दर्जन डिजे (DJ) कारवाहीमा

“जिल्लाकै निर्देशन छ, निर्देशन बमोजिम राती ९ बजेदेखि बिहान ५ बजेसम्म विभिन्न ठाउँमा म स्वयँम पुग्ने गरेको छु । पुग्न नसकेको ठाउँमा घुमुवा टोली पठाएर डिजेको मेसिनहरु उठाएर कारवाही गरेको छु । निर्देशन नमान्नेलाई जिल्ला पठाउनेछु ।”– इस्पेक्टर रोकायाले बताए ।

डिजेको कारण स्वास्थ्यमा गम्भिर असर परेको तथा आम जनसमुदाय, छरछिमेकलाई मार्का हुन थालेपछि व्यापक जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले राती ९ बजेदेखि विहान ५ बजेसम्म डिजे, हर्न, एण्डको लगायतका चर्को स्वरको बाजा प्रतिबन्ध गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!