०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

फरार हत्यारा पत्ता लगाउने सल्यानका इनिस्पेक्टर ओली सम्मानित

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

 

ABC (क्राईमबिट)
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् ।

गतवर्षको फागुन २ गते राती ह’त्या गरिएकी त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको ह’त्यारा पत्ता लगाएकाे भन्दै इनिस्पेक्टर ओली सम्मानित भएका हुन् ।

मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले ओलीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै ओलीले ढिलो चाँडो एकदिन अपराधी प्रहरीको नजरबाट उम्कीन नसक्ने बताए ।

एकवर्षसम्म इनिस्पेक्टर ओलीकाे नेतृत्वमा प्रहरीले अनुसन्धान गरेकाे थियाे । अनुसन्धानमा कविताकाे हत्या सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले गरेको खुलेको छ । आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।

कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको आरोपीतले स्वीकारेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!