०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

बाँके ट्राफिकले साउन देखि फागुन सम्म करिब २ करोड राजश्व संकलन

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिना सम्म बाँके ट्राफिकले नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको छ । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । 

सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । भदौमा १७ लाख २० हजार, असोजमा १९ लाख २४ हजार, कार्तिकमा २२ लाख ४४ हजार रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।

गत मंसिरमा ३० लाख ९३ हजार ५ सय रुपैया राजश्व उठ्दा पुषमा २७ लाख ६३ हजार, माघमा २७ लाख ५३ हजार र फागुनमा ३५ लाख ४५ हजार राजश्व उठेको ट्राफिक प्रमुख भण्डारीले बताउनुभयो ।
सबैभन्दा धेरै ट्राफिक नियम उल्लघन मोटरसाइकल चालकहरले गरेको पाइएको छ । यो अवधिमा बस, ट्रक, टिप्पर, मोटरसाइकल, ट्याक्टरलगायतका सवारी साधनका चालकले बढी नियम उल्लंघन गरेका पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!