०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

डिएसपी खनालको ठुलो सफलता गैडाको खाक सहित दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्।

कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको त्रिभुज आकारको बहुमूल्य खागसहित आज दुईजनालाई पक्राउ गरेको छ।

बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खनालको कमाण्डमा गएको टोलीले दिउँसो डेढ बजे गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो। खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सुरेश सिंजाली रहेको प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिएका छन्।

बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर बन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेकजाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।

चेकजाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको गैडाको २ थान गैंडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उदेश्यका खागमा सुनको जलप टाँसेर हिडेको खनालले बताए। उनीहरु दुवैजनाले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको बताएको प्रहरी प्रमुख डिएसपी खनालले बताए।

बरामद गरिएको २ थान खागलाई आबश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँके बुझाइने डिएसपी खनालले जानकारी दिएका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहिबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!