१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

अग्नीपिडित भन्छन आँख अगाडि घर खरानी भयो

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

(सागर रोका)

दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका स्थित दुईवटा खरले छाएको घर जलेर खरानी भयो । गत फागुन सोह्र र बीस गते एक्कासि दुईवटा खरले छाएको घरमा आँगो लाग्दा खरानी भएको हो । घरको पेडिमा बसेको बेला एक्कासि धुवा पुत्तायो । एका–एक आँखा अगाडि घर खरानी भयो, राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी मलमला कामिले भन्नुभयो,–। ‘घरमा आँगो कसरी सल्केयो थाहा भएन तर, आँखा अगाडि घर खरानी भयो । वरपर छिमेकीलाई गुहार गर्दा गर्दै छिनभरमै घर खरानी हुनुको साथै छानामा राखेको नगद दशहजार रकम जलेर नष्ट भयो ।’ ‘लुगा लत्ता सबै जल्यो । अन्न पात, चामल, मकै, पाँच लिटर पेलेर राखेको तोरीको तेल सबै घरसंगै जलेर खरानी भयो केही बचाउन सकिन । घर जलेर खरानी भए देखि तीन आमा छोराले माइतीको घरमा आश्रिय लिएको छौ, अग्नीपिडित कामिले भन्नुभयो ।’
यस्तै सोही ठाउँ निवासी मानबहादुर सुनारको दिउँसो बाह्र बजे घरमा आमा र केटाकेटी घरमै भएको बेला एक्कासि घर जलेर खरानी भएको अग्निपिडित मनबहादुर सुनारको बताउनुभयो । उहाँका अनुसार फाुगन सोह्र गते दिउँसो बाह्र बजे एक्कासि घर जलेर खरानी भएको हो । ‘घरमा रहेको भाडाकुडा, चामल, तोरि, मकै, नगद बाह्र हजार रकम जलेर नष्ट भयो । केही बचाउन सकिएन । घर खरानी भएसंगै आठजनाको परिवार सानो गोठमा बाँस बस्नु परेको छ, सुनारले भन्नुभयो ।’
अग्नीपिडितलाई खाद्यन्न र नगद सहयोग
राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीको पहलमा साठी हजार बराबरको खाद्यान्न बोकेर अग्निपिडपत लाई हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख उपस्थितिमा राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीले दशहजार, इन्द्र वलिले दशहजार, देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको पहलमा दशहजार पाँचसय, लमही नगर उप–सभापति प्रताप खड्काले पच्चीससय, कुट्टुरले बाईस सय पचाँस, कर्णबहादुर बुढाथोकीले एक हजार, प्रमोत बस्नेत एघार सय, राजपुर गाउँपालिका वडा नम्बर १ का सभापति रामबकस चौधरीको पहलमा पच्चीस सय बराबरको खाद्यान्न र नगद पच्चीस सय, प्रकाश बस्नेतले सातहजार गरि जम्मा साठी हजार मध्य सर्चालिस हजार पाँच सयको खाद्यान्न र बाह्र हजार पाँचसय नगद आर्थिक सहयोग गरेको हो ।
आँगलागि भएको खबर पाएपछि राहत संकलन गरि अग्निपिडितको घरमा राहत लिएर पुगेको र अन्य राहतको लागि पहल गर्ने राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीले बताउनुभयो । नाकामा संचारको सुविधा नहुदा भइपरि आउने समस्या समाधान गर्न नसकेको बताउनुहुँदै, केही खाद्यान्न संकलन गरि आफुहरू अग्निपिडितको घरमै पुगेर राहत हस्तान्तरण गरेको नेपाली कांग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतले बताउनुभयो । उहाँले राहत संकलन अभियान सुरुवात गरेको छौ । अन्य सहयोग जुटाउन सहयोग पु¥याउने आश्वासन दिनुभयो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!