२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

घोराही सिमेन्ट उद्योगलाई चैत ९ गते उपस्थित हुन अदालतको आदेश

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

ABC Sanchar
दाङ । घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 1
तुलसीपुर, चैत ६ । दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगको प्रदुशन सम्बन्धि छलफलका लागि चैत ९ गते उपस्थित हुन बिपक्षीहरुका नाममा उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ । शुक्रवार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको एकल इजलाशले स्थानीय र सिमेन्ट उद्योगका बीचमा भएको संझौता अनुरुप उद्योग र त्यसका छलफलका लागि उपस्थित हुन आदेश गरेको हो । 

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 2
२०७२ साल जेठ ३२ गते स्थानीय र उद्योग सञ्चालकका बीचमा धुँवा, धुलो र ध्वनी प्रदुशन नियन्त्रण बारे सम्झौंता भएको थियो । सोही संझौंता अनुसार सञ्चालकलाई धुँवा, धुलो र ध्वनी प्रदुशनका लागि हालसम्म भएका कामका बारेमा सबै बिवरणका लागि उपस्थित हुन आदेश भएको अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 3
घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 4
अदालतले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्ने बारेमा उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर मार्फत उपस्थित हुन आदेशपनि गरेको सूचना अधिकारी भण्डारी बताए ।

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 5
जसमा बिपक्षीको माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार वा कारण भए पेश गर्न भनिएको छ ।
त्यस्तै अन्य बिपक्षीहरु जिल्ला समन्वय समितिको कार्यालय र त्यसका प्रमुखका हकमा आँफै वा आफ्नो कानुन व्यवसायी मार्फत लिखित जबाफ पेश गर्न आदेश दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]