२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल र भारतबीच यातायात सञ्चालन गर्न मन्त्रीपरिषद्लाई सिफारिस

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

ABC Sanchar
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो।

नेपाल भारत यातायताका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए। यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनको भनाई छ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतिय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ। गत चैत्र ११ गतेदेखि नेपालका कोभिड-१९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ।

यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!