१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

निकुञ्ज र सेनाद्वारा जंगलमा बन्दुकसहितका शिकारी सामग्री बरामद

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

(महेन्द्र सिंह)
बाँके । बाँके राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि ‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री बरामद गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु बरामद भएको छ । घटनामा संलग्न भई फरार व्यक्तिहरुको खोजी जारी रहेको सेनाले छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!