१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

ABC Sanchar
काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएके छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि गर्ने निर्णय गरेको हो । वरिष्ठ साहित्यिक पत्रकार रोजक घिमिरेको प्रमख आतिथ्यतामा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान गोर्खे साहिलो चितवन २०७६, निबन्ध आचार्य २०७७ र शिवपुरी गजल सम्मान प्रकाश घायल २०७६ र रावत २०७७ प्रदान गरिनेछ ।

कार्यक्रममा नरबहादुर भारती सम्मान डा. धन प्रसाद सुवेदी २०७६, उन्नती बोहोरा शिला २०७७, मानशोभा प्रतिभा सम्मान कवि राधा आचार्य २०७६ र डा. भीष्मकुमार भुसाललाई सम्मान गरिने शिवपुरी सन्देश तथा साहित्य समाजका श्रष्टा माधव बिडारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!