०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

ABC Sanchar
काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएके छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि गर्ने निर्णय गरेको हो । वरिष्ठ साहित्यिक पत्रकार रोजक घिमिरेको प्रमख आतिथ्यतामा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान गोर्खे साहिलो चितवन २०७६, निबन्ध आचार्य २०७७ र शिवपुरी गजल सम्मान प्रकाश घायल २०७६ र रावत २०७७ प्रदान गरिनेछ ।

कार्यक्रममा नरबहादुर भारती सम्मान डा. धन प्रसाद सुवेदी २०७६, उन्नती बोहोरा शिला २०७७, मानशोभा प्रतिभा सम्मान कवि राधा आचार्य २०७६ र डा. भीष्मकुमार भुसाललाई सम्मान गरिने शिवपुरी सन्देश तथा साहित्य समाजका श्रष्टा माधव बिडारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!