०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एमालेमा लागेका गृहमन्त्री बादलका मान्छेहरु प्रचण्डतिर फर्किए

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

ABC Sanchar
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना पुष्पकमल दाहाल प्रचण्डतिरै फर्किएका छन् ।

ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भए ।

यसअघि तामाङ बादलको स्वकीय सचिव थिए । नेकपाको विवादमा बादलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि पहिले राजनैतिक सल्लाहकार सूर्य सुवेदी पथिक र त्यसपछि तामाङले उनको साथ छाडेका छन् । हालै सम्पन्न युवा संघको भेलामा तामाङ वाईसीएल पुनर्गठनपछिको संयोजकका हैसियतले सहभागी थिए ।

तामाङले त्यतिबेला विचारको डण्डा लगाएर आफूहरूलाई धोका दिएको हाल युवा संघमा रहेका पूर्व वाईसीएल कार्यकर्ताले बताएका छन् । तामाङ बिरोधीहरूले उनलाई वर्षमान पुन ‘अनन्त’ को खास मान्छे भन्ने गरेका छन् ।

युवा संघमा आएपछि पनि अनन्तसँगको खास सम्बन्धका कारण अधिकांशलाई ओली पक्षतिर लाग्नबाट रोकेको उनीहरूको आरोप छ ।

माओवादी केन्द्र समर्थित धेरै युवा केपीतिर नजाउन् भनेर बिरुले शुरुदेखि नै पूर्व वाईसीएलहरूलाई रणनीतिक हिसाबले रोकेको रहस्य अहिले आफूहरूले थाहा पाएको युवा संघमा रहेका पूर्व वाइसीएल कार्यकर्ताले बताएका छन् । तर तामाङ र ढुंगाना फर्किएपनि आफूहरू भने माओवादी केन्द्रतिर नफर्कने उनीहरूको दाबी छ ।

उनीसङ्गै ओलीतिर गएका पुष्प श्रेष्ठले भने एमाले जिन्दावाद,बहुदलीय जनवाद जिन्दावाद भनेर फेसबुकमा लेख्न भ्याइसकेका छन् । जनआस्थाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!