०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सगरमाथा सिमेन्टलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्य नगर्न अदालतको आदेश

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


तेज वली
तुलसीपुर । दाङ घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्यहरुलाई नियन्त्रण गर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश गरेको छ । धुलो धुवाँको प्रदुषणका कारणले वातावरण, स्वास्थ्य, प्रजनन र खाद्य अधिकारमा असर पारेको भनि परेको रिटमा सुनुवाई गर्दै सोमबार उद्योगलाई यस्तो आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस नीता गौतम दीक्षित र न्यायाधीस रमेशराज पोखरेलको ईजलासले उद्योगले तत्काल व्याग फिल्टर, इलेक्ट्रिोस्टेटिक प्रेसिडेटर, वीन्ड व्रेकिङ वाल जस्ता कार्यहरु तत्काल व्यबस्थित गर्न गराउन आदेश गरेको छ । त्यस्तै खोपानीको स्रोतलाई खलवल नपु¥याउने गरी खानेपानीको व्यबस्थापन गर्नु र सडकमा धुलो नउड्ने गरीपानीको पोहरा व्यबस्थापन समेत तत्कालन गराउनु भनी आदेश गरेको छ ।

निवेदकले उद्योगको क्षमता बृद्धिको कार्य तत्काल नगराउन भनि रिट दायर गरेका थिए । तर, यो विषय उद्योग मन्त्रालय तथा विभाग र जनसंख्या तथा वातावरण मन्त्रालय र विभागको क्षेत्राधिकार पर्ने भएकाले अदालतले कुनै आदेश दिएको छैन् । मन्त्रालय तथा विभागले आबश्यक प्रक्रिया अबलम्बन गरी कानुनले निर्धारण गरेको मापदण्ड पुगे नपुगेको हेरी उद्योगको क्षमता बृद्धि गर्ने नगर्ने सम्बन्धमा निर्णय गर्न सक्ने अदालतको ठहर छ ।
घोराही सिमेन्ट उद्योगले पछिल्लो पटक ३ हजार टन उत्पादन क्षमता बृद्धि गरेको छ । निवेदको तर्फबाट अधिबक्ता शुरेस कुमार गौतम, मुकुन्द बहादुर राना, मणिराज आचार्य, बसन्त गौतम, बलबहादुर चन्दले बहस गरेका थिए, भने विपक्षीको तर्फबाट रेवतिरमण भट्टराई, रमण श्रेष्ठ, विमल प्रसाद ढकाल भुपबहादुर केसी र प्रकाश रेग्मीले वहस गरेका थिए ।
अदालतको आदेशपछि निवदेक पक्षले तुलसीपुरमा पत्रकार सम्मेलन गरि अदालतको आदेश सकारात्मक भएको बताएका थिए । उद्योगको लापरवाहीका लागि नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै यसलाई तत्काल व्यबस्थापन गर्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!