०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेपाली महिलालाई ८० हजारमा बिक्री गर्ने पुरुष ६ वर्षपछि पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् ।

प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए ।

नशालु पदार्थ मिसाइएको मिठाइ खान दिएर बेहोस् बनाइ २० वर्षीया पी-टू (नाम परिवर्तित) महिलालाई उनले भारतको बहराइच पुर्‍याएका थिए ।

बहराइचबाट पनि भारतको लखनउ जाने भनी लखनउमा नाम-थर यकीन नभएका व्यक्तिलाई उनले ५० हजार रुपैयाँमा ती महिलालाई बेचबिखन गरेका थिए ।

पछि नेपाल सरकार समेतको सक्रियतामा उद्दार गरिएकी महिलाले कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

पीडित महिलाको जाहेरीअनुसार घटनाको ८ वर्षपछि पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!