०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाली महिलालाई ८० हजारमा बिक्री गर्ने पुरुष ६ वर्षपछि पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् ।

प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए ।

नशालु पदार्थ मिसाइएको मिठाइ खान दिएर बेहोस् बनाइ २० वर्षीया पी-टू (नाम परिवर्तित) महिलालाई उनले भारतको बहराइच पुर्‍याएका थिए ।

बहराइचबाट पनि भारतको लखनउ जाने भनी लखनउमा नाम-थर यकीन नभएका व्यक्तिलाई उनले ५० हजार रुपैयाँमा ती महिलालाई बेचबिखन गरेका थिए ।

पछि नेपाल सरकार समेतको सक्रियतामा उद्दार गरिएकी महिलाले कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

पीडित महिलाको जाहेरीअनुसार घटनाको ८ वर्षपछि पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!