२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका सशस्त्र प्रहरीका IGP खनाल र थापा पुरस्कृत

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

ABC (क्राईमबिट) काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षणको बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरे बापत् सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच आइतबार गृहमन्त्री रामबहादुर थापा (बादल) ले उनीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।

आगामी दिनमा समेत निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फर्छ्योट कार्यमा लगनशील एवम् सक्रिय कार्य सम्पादनको अपेक्षा समेत गरिएको प्रशंसापत्रमा उल्लेख छ ।

यसै गरी आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छ्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गरे बापत् अघिल्लो वर्ष समेत महानिरीक्षक खनाल पुरस्कृत भएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]