०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौं उपत्यकाका थप २ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड बीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइट जडान गरी सोमबारदेखि सञ्चालनमा आएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्ने प्रयासरत छौ, यसको लागी सडक बिभाग बाहेक स्थानिय निकाय, बिभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । त्यसैको परिणाम स्वरुप सोमबार लाइट जडान भएको छ र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सिइओ कोईरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

साथै कोईरालाले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भुमिकाको प्रशंसा गरे ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका सिइओ, डाइरेक्टर, काठमाडौं महानगरपालिका-२ र ३ का वडा अध्यक्ष, बैंकका पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सोमबारबाट शुरु भएका २ वटा ट्राफिक लाइट समेत गरि महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३१ वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्न शुरु गरेको छ ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!