०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बाँके प्रहरीले बुहारी जलाउने ससुरा ७ बर्ष पछी पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज सात वर्षअघि बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) पक्राउ परेका छन् ।
दाइजोमा मोटरसाइकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँले रिहानालाई मट्टितेल छर्केर आगो लगाएका थिए । २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान फरिद र सासु सजहाद अझै फरार रहेका छन् ।
घरपरिवारले आगो लगाएपछि गम्भीर घाइते भएकी रिहानाको लामो समयसम्म काठमाडौंमा उपचार भएको थियो । उनी बाँच्न सफल भइन् ।
नरैनापुर गाउँपालिकाको वडा नं. १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा गएको टोलीले हनिफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।
घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए । नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन ।
बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान थालेर भारतीय प्रहरीसँग समन्वय बढाएपछि भारतमा लुकेर बसेका अभियुक्तहरु पक्राउ परिरहेका छन् । फरार अभियुक्त पक्राउ गर्नेमा बाँके प्रहरी प्रदेशमै अगाडि देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!