०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

गृह मन्त्रालयको निर्देशन ७७ वटै जिल्लामा सीमा नाकामा कडाइ गर्न

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइ गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउन मातहतका संयन्त्रलाई निर्देशन गरिएको जानकारी दिए ।

मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो ।
गृह प्रवक्ता बुढाका अनुसार सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकाहरूमा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन दिएको छ ।

यसै गरी आम सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ ।

मन्त्रालयका अनुसार मास्क नलगाई हिँडेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

मन्त्रालयले छिमेकी मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि अन्य आवश्यक पर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ । यस्तै डिजिटल सञ्चारका साधनहरूबाट सुरक्षा सावधानीका उपायहरूबारे सचेतना सन्देश प्रसारण गर्ने नीति पनि गृह मन्त्रालयले लिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!