०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


ABC (क्राईमबिट)
सिरहा । सिरहाको नरहा गाउँपालिका २ पानवारी चोकमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी स६प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स८प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ५ जना घाइते भएको र उनीहरू सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!