०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

भारतमा कोरोना संक्रमण बढेसँगै वीरगञ्जमा सभा जुलुस भेलामा रोक

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७


ABC Sanchar
पर्सा । जिल्ला प्रशासनले वीरगञ्जमा मंगलबार रातिदेखि लागू हुने गरी २५ जनाभन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ ।

भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नहुन निर्देशन जारी गरिएको बताए ।
उनका अनुसार नेपाल-भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशनसमेत दिइएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!