१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

कसरी भागेयो खोरबाट नरभक्षी बाघ चुरे क्षेत्रमा पुग्यो: खतराको संकेत

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह)
बाँके । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेर मानव बस्तीतर्फ जाने त्रास देखिए पनि उक्त बाघ उत्तरतर्फ चुरे क्षेत्रमा गएकोले मानवलाई कुनै पनि जोखिम नरहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो ।

उहाँले बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ भागेपछि सो वरिपरिका मानव बस्तीमा त्रास फैलिए पनि उक्त बाघको पाइला पछ्याउँदै जाँदा मानवबस्ती नभएको उत्तरतर्फ धेरै टाढा चुरेको जंगलमा गएको पाइएकोले कुनै पनि खतरा र जोखिम नरहेको बताउनुभयो ।
बाघ भागे लगत्तै त्यसका पाइला पछ्याउन थालिएको जनाउँदै उहाँले आफुहरु धेरै टाढासम्म पुगेको बताउनुभयो ।

बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोंचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको निकुञ्जका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डिङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानियलाई आग्रह गरेको थियो । गत बिहीबार बर्दियाबाट नियन्त्रणमा लिएर बाँकेमा ल्याइएको सो बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा मात्रै यो वर्ष हालसम्म नाैँ जनाले ज्यान गुमाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!