२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कोलहपुर डिएसपी खनालको स्विप अपरेसनमा तस्कर समुहको भागाभाग

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

 (सागर थापा)
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले नयाँ प्रमुख पाए संगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी भएर रविन्द्र खनाल आएपछी एक पछी अर्को सफलता गर्दै २४ घन्टा नबित्दै पछिल्लो केही दिनमै रेड पान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना, गैँडाको खागको बेचबिखन तथा संगठित अपराधमा लागेकाहरुलाई पक्राउ गर्न सफल भएको छ । केही वर्ष यता कोहलपुर क्षेत्र यस्ता अपराधमा लागेका ब्यक्तिहरुको हब बन्दै गइरहेको थियो ।  केही समय यता प्रहरीले चलाएको स्विप अपरेसनमा लागुऔषध तस्कर देखि अन्तरास्ट्रिय स्तरमा कारोबार हुने दुर्लभ बन्यजन्तुका अंगहरुका तस्करहरु चोरी लुटपाट यौन व्यावसायि ठगी लगाएतका प्रहरी कार्यालय कोहलपुरको फन्दामा पर्न गएका छन। साथै ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरसङ सहकार्य गरेर दुर्घटना क्षेत्रमा प्रतेक स्कुल अगाडि नेपाल प्रहरी ट्राफिक प्रहरी राखेर दुर्घटना न्यूनीकरणमा निरन्तर लागेको डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।