०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कोलहपुर डिएसपी खनालको स्विप अपरेसनमा तस्कर समुहको भागाभाग

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

 (सागर थापा)
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले नयाँ प्रमुख पाए संगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी भएर रविन्द्र खनाल आएपछी एक पछी अर्को सफलता गर्दै २४ घन्टा नबित्दै पछिल्लो केही दिनमै रेड पान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना, गैँडाको खागको बेचबिखन तथा संगठित अपराधमा लागेकाहरुलाई पक्राउ गर्न सफल भएको छ । केही वर्ष यता कोहलपुर क्षेत्र यस्ता अपराधमा लागेका ब्यक्तिहरुको हब बन्दै गइरहेको थियो ।  केही समय यता प्रहरीले चलाएको स्विप अपरेसनमा लागुऔषध तस्कर देखि अन्तरास्ट्रिय स्तरमा कारोबार हुने दुर्लभ बन्यजन्तुका अंगहरुका तस्करहरु चोरी लुटपाट यौन व्यावसायि ठगी लगाएतका प्रहरी कार्यालय कोहलपुरको फन्दामा पर्न गएका छन। साथै ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरसङ सहकार्य गरेर दुर्घटना क्षेत्रमा प्रतेक स्कुल अगाडि नेपाल प्रहरी ट्राफिक प्रहरी राखेर दुर्घटना न्यूनीकरणमा निरन्तर लागेको डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!