२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

जमुनाह प्रहरी प्रमुख गिरीको सक्रियतामा ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ब्राउन सुगरसहित नाकाबाट एकजना पक्राउ गरेको छ । जमनाह प्रहरी प्रमुख विष्णु गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने प्रेम कोरीलाई नौ सय मिलि ग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको हो ।

भारतबाट नेपाल आउँदै गरेका उनको गतिबिधि देखिएपछि चेकजाँच गरिएको थियो । प्रहरी जवान रविन सुनारले खानतलासी गर्ने क्रममा जिनको पाइन्टको दाइने गोजीमा राखेको अवस्थामा ब्राउन सुगर फेला हो ।

लागुऔषध नियन्त्रणका लागि व्यूरो र जमुनाह प्रहरीले संयुक्तरुपमा नाकामा चेकजाँच र अनुसन्धानलाई तीब्र कडाइ बनाएको थियो । जमुनाहबाट नियन्त्रणमा लिइएका व्यक्तिलाई इलाका प्रहरी कार्यालय जमुनाहमा राखिएको छ । थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी भइरहेको जमुनाहका प्रहरी प्रमुख गिरिले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]