०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

गृह सचिवको निर्देश अवैध चोरी पैठारी रोक्न सशस्त्रलाई

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी हेडक्वार्टरबाट भर्चुअल माध्यम मार्फत देशभरका सशस्त्र प्रहरीका युनिट प्रमुखहरुलाई निर्देशन सम्वोधन गरेका छन् ।

बिहीबार बाहिनीपति, गणपति र तालिम शिक्षालयका इन्चार्जलाई न्यौपानेले अवैध चोरी, पैठारी तथा निकासी नियन्त्रण गर्न निर्देशन दिएका हुन् । सीमा तथा सीमा वारपार हुने अपराध नियन्त्रण र राजस्व संकलनमा सहयोगी भूमिका निर्वाह सशस्त्र प्रहरीका अधिकृतहरूलाई निर्देशन दिए ।

‘सीमामा खटिएर काम गर्दा इमान्दार र व्यवसायिक भएर काम गरेमा वृत्ति विकासमा पनि योगदान पुग्छ’ न्यौपानेले भने,‘विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलका कर्मचारीहरुले देखाएको तत्परता प्रशंसनीय छ ।’
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!