०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

विज्ञप्ति निकाल्दै रेशम चौधरीले भने सरकारबारे पार्टीको बाधक म बन्दिनँ

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

ABC Sanchar
काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषयमा आफू बाधक नबन्ने बताएका छन् ।

सरकारमा जाने वा नजाने भन्ने विषयबारे पार्टीले निर्णय लिने र आफ्नो त्यसमा सहमति हुने चौधरीले बताएका छन् ।

बिहीबार कारागारबाट एक विज्ञप्ति जारी गर्दै चौधरीले केपी ओली नेतृत्वको सरकारमा जाने बारे जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै त्यसमा सत्यता नरहेको उल्लेख गरेका छन् ।

सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

‘सरकारमा सहभागी हुने वा नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनको भनाइ छ,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’
जेलमा रहेका चौधरीको रिहाइलाई सर्त बनाएर जसपाले सत्ता गठवन्धनका बारेमा छलफल जारी राख्दा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

जसपाभित्र ओली सरकारमा सहभागी हुने वा नहुने भन्ने दुई धार देखिएको छ । पूर्व राजपा केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएर सरकारमा जाने पक्षमा छ भने पूर्व संघीय समाजवादी नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको पक्षमा रहेको छ ।

ओली नेतृत्वको सरकारमा पार्टी सहभागी हुनुभन्दा आफू जेलमा नै बस्न तयार रहेको भन्दै चौधरीलाई उदृत गर्दै सामाचारहरु सार्वजनिक भएपछि बुधबार जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!