१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

रोक्का भएको लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा फुकुवा

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


(सन्तोष थापा क्षेत्री)
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशबन्डामा रोक लगाएको थियो ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेशमा आगामी वर्षका लागि ६ दिन सार्वजनिक बिदा थप गरेको छ । आगामी वर्ष बकर इद, माघी, कृष्णाष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको हो । वर्षको एक दिन स्थानीय तहले आफ्नो महत्व र आवश्यकताअनुसार बिदा दिन पाउनेछन् ।

यसबाहेक रोल्पा र रुकुम पूर्वका जिल्लामा भुम्या पूजा, तराईका ६ जिल्लामा बड्का आइतबारी, मुस्लिम समुदायलाई रमजान र भगवती जात्रामा पाल्पा जिल्लामा मात्रै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]