०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोरोना बढन थालेपछी भारतबाट आउनेहरुको स्वास्थ्य चेकजाँच

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

(महेन्द्र सिंह)
बाँके । भारतको विभिन्न शहरमा फेरि कोरोनाका बिरामी देखिन थालेपछि नेपालगञ्ज नाकामा सावधानी अपनाइएको छ ।
नेपालगञ्ज नाकामा भारतबाट फर्किने मानिसको स्वास्थ्य जाँच शुरु गरिएको छ । नाकामा बसेका स्वास्थ्यकर्मीले थर्मल गनले ज्वरो नाप्ने र ज्वरो आएको व्यक्ति भेटिएमा उनको पीसीआर जाँच गर्ने रणनीति बनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले आधा दर्जन स्वास्थ्यकर्मी नाकामा परिचालन भएको जानकारी दिनुभयो । ‘भारतबाट आएका व्यक्तिको पहिला ज्वरो नापिन्छ । ज्वरो देखिएमा एन्टीजिन जाँच गरिन्छ, चन्दले भन्नुभयो, त्यसबाट १५÷२० मिनेटमै कोरोना भाइरस छ कि छैन भन्ने पत्ता लागि हाल्छ । कोरोना भाइरस देखिएमा भेरी अस्पतालमा पठाएर उपचार गर्छौ ।’
भारतका विभिन्न शहरमा कोरोना देखिन थालेपछि घर फर्किने नेपालीको संख्या दिन प्रति दिन बढ्दै गएको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले पछिल्लो दिनमा एक हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताउनुभयो ।
नेपालगञ्ज नाकामा बाह्रैमास भारत जाने र आउने नेपालीको भीड लाग्छ । यतिबेला पनि केही भारत गइरहेका छन् भने अलि बढी मानिसहरु घर फर्किरहेका छन् । इन्चार्ज गिरीले दैनिक पाँच सय हाराहारीमा भारततिर गइरहेका छन् भने एक हजार आसपासमा नेपाल फर्किरहेको जानकारी दिनुभयो । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्याका मानिसहरु भारतका विभिन्न शहरमा कामका लागि जाने गर्दछन् । यसअघि पनि कोरोना कहर शुरु भएपछि भारतमा रहेका नेपालीहरु घर फर्किएका थिए । हुलका हुल फर्किएका नेपालीलाई व्यवस्थित तरिकाले घर पठाउन स्थानीय प्रशासनलाई धौधौ भएको थियो ।
सीमावर्ती जिल्ला भएकाले भारतीय शहर रुपैडिहामा किनमेल गर्न जानेको घुँइचो लाग्ने गर्दछ । भारतमा कोरोना देखिएकाले स्थानीय प्रशासनले अति आवश्यक काम बाहेक भारतीय शहरमा जान रोक लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले किनमेलका लागि भारत जानेलाई रोक्ने निर्णय गरेको हो ।
प्रहरीले बिहीबारदेखि नै भारत जानेलाई कडाई शुरु गरेको छ । ‘हामीले कडाई गर्दै लगेका छौं । अहिले किनमेलका लागि नभई औषधी गर्न र लिन भनेर मानिसहरु रुपैडिहा गइरहेका छन्, इन्चार्ज गिरीले भन्नुभयो, फर्किदा केही सामान बोकेको देखिएको छ । यसलाई रोक्छौं ।’
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट आउनेहरुको अभिलेख राख्ने, अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने, कोरोना देखिएकालाई भेरी अस्पतालमा पठाउने र सामान्य व्यक्तिलाई दश दिन होम आइसोलेसनमा बस्न सुझाव दिएर पठाउन शुरु गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!