०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

DSP सिंहको पहलमा असहाय बाल विकास नेपालका १५ बालबालिकालाई अन्यत्र स्थानान्तरण गरियो

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको असहाय बाल विकास नेपालमा रहेका १५ जना बालबालिकालाई शुक्रबार त्यहाँबाट अन्यत्र स्थानान्तरण गरिएको छ । उक्त संस्थाका सञ्चालक विष्णु चौधरीले संस्थामा आश्रय लिएर बसेकी १४ बर्षीया जुम्लाकी एक बालिकामाथि पटक÷ पटक बालात्कार गर्ने गरेको उजुरी पछि त्यहाँ आश्रय लिएर वसिरहेका बालबालिकालाई अन्यत्र स्थानतरण गरिएको हो ।

आश्रय लिएर बसिरहेका बालबालिकाको अनुरोधमा उनीहरुलाई स्थानान्तरण गरिएको तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिए । वडाध्यक्ष वलीका अनुसार तुलसिपुर उपमहाँनगरपालिका,वडा कार्यालय र विद्यालयको समन्वय पछि त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई त्यहाँबाट सुरक्षित ठाउँमा सारिएको बताए ।

तुलसीपुर न्यायीक समितिकी सदस्य जानुका रेग्मीले शुक्रवार स्थान्तरण गरिएका मध्य ६ जना बालिकालाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १० गोलौरीस्थित सेफ हाउसमा र ९ं जना बालकलाई उनीहरुले नै अध्ययन गरिरहेको विद्यालय पब्लिक ज्ञानज्योति बोडिङ स्कूल तुलसीपुर ७ वम्नैको छात्रवासमा स्थानान्तरण गरिएको जानकारी दिइन ।

केही दिन वालवालिकालाई ती ठाउँहरुमा स्थान्तरण गरिएको भएपनि भविस्यमा सकभर उनीहरुका आफन्त खोजेर घर परिवारमै पुर्नंस्थापनाको प्रयास गरिने तुलसिपुर उपमहाँनगरपालिका महिला बालबालिका शाखाकी प्रमुख मायाँ श्रेष्ठले जानकारी दिइन । श्रेष्ठले असहाय केन्द्र अनुगमनका क्रममा संस्था सञ्चालनका लागि धेरैजसो आवश्यक मापदण्ड नै पुरा गरेको नदेखिएको बताइन ।

सरोकारवालाका बीचमा छलफल गरेर समस्या समाधान गरिने उनले बताइन । उनले विद्यालय परिवारका तर्फबाट राम्रो आश्वासन पाएको भन्दै सवै बालबालिकालाई विद्यालयको छात्रवासमा राख्न सक्ने अवस्था देखिएको पनि जानकारी दिइन । ९ जना बालकको जिम्मा लिदै विद्यालयका संस्थापक टिकावहादुर जिसीले निकट भविश्यमै आफुहरु एउटा बाल आश्रम सञ्चालन गर्ने योजनामा रहेको भन्दै सवै बालबालिकालाई आफुले जिम्मा लिने आश्वासन दिएका थिए ।

बुधबार मात्रै उक्त असहाय केन्द्रमा आश्रय लिएर बसिरहेकी बालिकाले संस्थाका संञ्चालकले आफूमाथि बिगत ६ महिनादेखि पटक÷पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा जाहेरी दिइकी थिइन ।त्यसपछि संस्थाका संचालक विष्णु चौधरी भने हालसम्म फरार रहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् ।

उक्त संस्थामा दाङ, रोल्पा, रुकुम, जुम्ला लगायतका अनाथ बालबालिकाले आश्रय लिएर बस्दै आएका थिए । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता अभियुक्त चौधरी २०६५ साल चैत १५ मा बिजौरीमै भएको अर्कौ एउटा सामुहिक बलात्कार मुद्दामा २०७५ साल माघ ३ गते पक्राउ परेपनि ८८ दिन जेल पछि धरौटी राखेर जमानतमा छुटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!