०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

विमानस्थलको सुरक्षाकर्मीलाई उत्कृष्‍ट प्रहरी घोषित साथै नगद पुरस्कारद्वारा पुरस्कृत

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

ABC (क्राईमबिट) काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा चैत ११ गते कतार एयरवेजको उडान नं. QR 653 द्वारा काठमाण्डौंबाट दोहा हुँदै लण्डन जान लागेका यात्रु UK नागरिकले अमेरिकी डलर २६,३१०।– र नेपाली रुपैयाँ ७,९७०।– लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अन्तर्राष्ट्रिय प्रस्थान ह्‍याण्ड ब्यागेज X-ray Machine मा अबैध मुद्रा सहित मानिस नियन्त्रणमा लिई अबैध ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफूलाई तोकिएको जिम्मेवारीलाई विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारीलाई उच्च मनोवलका साथ सम्पादन गरेको हुँदा उक्त कार्यहरुको उच्च मुल्याङ्कन गर्दै प्र.ना.नि.भिमसेन कार्कीलाई २०७७ साल “फाल्गुन महिनाको उत्कृष्‍ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरिएको । साथै, यस कार्यालयमा कार्यरत निम्न प्रहरी कर्मचारीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण, व्यवहार प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममूखी प्रहरी सेवा प्रदान गरी विमानस्थलका सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन इमान्दार, पेशाप्रति समर्पित, व्यवसायिक, लगनशील एवं पूर्ण निष्‍ठावान भई उत्कृष्‍ट तवरबाट कार्यसम्पादन गरेको हुँदा निज प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको ।
निम्न
प्र.ना.नि. बिनोद कार्की
प्र.ना.नि. बिरेन्द्र बहादुर चन्द
प्र.ज. मोहन साउद
प्र.ज. उर्मिला लो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!