२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

घोराही उपमहानगरको चोकचोकमा राजनीति स्थानीयहरुबाट बिरोध सुरु

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC Sanchar
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वटा टोल बिकास संस्थाले घोराहीको मुख्य सडकमा पर्ने एक चोकलाई ‘स्वर्गद्धारी घण्टाघर चोक’ नामाकरण गर्ने निर्णय गरे। घण्टा घर निर्माण सहितको चोक निर्माण गर्ने योजना मुताबिक टोल बिकास संस्थाहरुले उक्त नामाकरणका लागि गत असोजमा वडा कार्यालयबाट अनुमती पनि लिए। 

चोक निर्माण समिति निर्माण गरेरै अगाडी बढेका टोल बिकास संस्थाहरुले ‘स्वर्गद्धारी घण्टाघर चोक’ निर्माणास्थल भनेर त्यहाँ बनाउने भनिएको घण्टाघरको फोटोसहित बोर्ड गाडे। तर घोराही उपमहानगरपालिका शुक्रबार उक्त बोर्ड फालिदियो। ‘हामीहरु सात वटा टोल बिकास संस्थाले निर्णय गरेर चोक निर्माण गर्ने भनेका थियौँ, र वडाबाट अनुमती पनि लियौँ,’ निर्माण समितिका अध्यक्ष नरेश श्रेष्ठले भने ‘तर घोराही उपमहानगरपालिका आएर हामीहरुले गाडेको बोर्ड फालिदियो।’ उपमहानगरपालिकाले प्रहरीको सहयोग लिएर चोकको नामाकरण गरिएको बोर्ड उखेलेर फालिएपछि स्थानीयहरु आक्रोशित बने।

शनिबार उक्त चोकमै स्थानीयहरुले उपमहानगरपालिकाविरुद्ध विरोध सभानै गरे। साथै उनिहरुले उक्त स्थानमा कालो झण्डा गाडे। स्थानीयहरुले वडाकै अनुमती लिएर चोकको नामाकरण गर्न खोज्दा पनि उपमहानगरले नमान्नुमा उसको राजनीति प्रष्टै देखिन्छ। टोल बिकास संस्थाहरुको निर्णय लत्याउँदै उसले कम्युनिष्ट नेता नेत्रलाल अभागी चोक नामाकरण गर्न चाहेको छ। ‘उपमहानगरपालिकाले गरेको यो बिशुद्ध राजनीति हो,’ टोल बिकास संस्थाहरुले बनाएको निर्माण समितिका अध्यक्ष श्रेष्ठले भने ‘हामीहरुले अनुमती लिएर काम गर्न थाल्दा समेत उपमहानगरले तानाशाही शैली प्रस्तुत गर्‍यो।’

यता घोराही उपमहानगरपालिकाले भने नगर कार्यपालिकाको बैठकले नै नेत्रलाल अभागी चोक नामाकरण गर्ने निर्णय गरेकाले उक्त स्थानमा अरु कुनै नामाकरण नहुने बताउँछ। ‘घोराही उपहानगरको नगर कार्यपालिका बैठकले उक्त चोक नेत्रलाल अभागी नामाकरण गर्ने भनेर निर्णय गरिसकेको हो,’ उपमहानगरका मेयर नरुलाल चौधरीले भने ‘त्यसैले उक्त चोकको नाम अरु केही रहन्न।’ तर स्थानीय टोलबासीहरुले गत असोजमा निर्णय गरिसकेपछि गत माघमा उपमहानगरले बल्ल चोकको नामबारे निर्णय गरेको टोलबासीहरु बताउँछन्।

उक्त चोकमा नेत्रलाल अभागीको शालिक राख्नका लागि उपमहानगरले काम गरिरहेको छ। यो चोक देखि पूर्वमा बिपी चोक रहेको र नारायणपुरमा कांग्रेस नेता खुमबहादुर खड्काको नाममा चोक नामाकरण गरिएको प्रति उपमहानगरले कुनै असहमती नराखेको मेयर बताउँछन्। ‘घोराहीमै बिपी चोकको नाम राखियो, उपमहानगरले केही बजेट पनि विनियोजन गर्‍यो, नारायणपुरमा खुमवहादुर खड्काको नामबाट नामाकरण गरियो, त्यहाँ पनि उपमहानगर केही बोलेन,’ उनले भने ‘त्यसैले बिगतमा समाजमा केही राम्रो काम गरेका ब्यक्तिहरुको नामबाट चोकको नामाकरण गर्नका लागि यो चोकमा नेत्रलाल अभागीको नाम राख्न खोजिएको हो।’

यो चोकमा मात्रै हैन, यो उपमहानगरपालिका घोराहीका बिभिन्न चोकमा ‘नामको राजनीति’ गर्न खप्पिसै छ। सार्वजनिक चोकमा आफूले भनेकै नाम रहनु पर्ने अडानमा रहने यो उपमहानगरले स्थानीयले जुराएको नामलाई कदापी स्वीकार्नै सक्दैन। घोराहीको मुख्य चोकमा पनि यो उपमहानगरपालिका टोल बिकास संस्था तथा अन्य साहित्यिक संस्थाहरुलाई पेलेरै अगाडी बढ्यो। टोलबासीहरुले आदीकबि भानुभक्त आचार्यको शालिक राख्न खोजेको यो चोकमा उपमहानगरले घोँडाको प्रतिमा राख्ने निर्णय गरेको छ। त्यसोत, यो चोकको पुरानो नाम भानु चोकनै हो। टोल बिकास संस्थाहरुले यो चोकको पुरानै नाम कायम गर्दै भानुभक्तको शालिक राख्ने निर्णय गरेका थिए। तर भानुभक्तको स्थानमा घोँडाको शालिक राख्न चाहेको उपमहानगरले घोराही चोक नामाकरण गर्ने निर्णय गरेको छ।

‘हामीहरुले यो चोकको पुरानै नाम कायम गरौँ र भानुभक्तको शालिक राखौँ भनेर प्रस्ताव गर्यौँ,’ यो अभियानमा रहेका किशोर चन्द्र गौतमले भने ‘तर पुरानो नाम परिवर्तन गरेर घोराही चोक नाम राख्ने र त्यहाँ घोँडाको प्रतिमा राख्ने भनेर उपमहानगरले निर्णय गरेछ।’ मेयर चौधरीले पनि उक्त चोकमा घोँडाको प्रतिमा राख्ने र सेतो घोँडाको प्रतिमा तयार भैरहेको बताए। ‘सेतो घोँडाको शालिक राख्ने निर्णय भैसकेको छ। उनले भने।देवेन्द्र बस्नेतबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।