११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी गर्‍यो

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC Sanchar
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखामा प्रेस चौतारी बाँकेले अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रूपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले महासंघ बाँकेमा तालाबन्दी गरेको हो ।

चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे लगायतका पत्रकारहरुको सहभागीतामा तालाबन्दी गरिएको प्रेस चोतारी बाँकेका सहसंंयोजक कमल डाँगी बताउँछन ।

महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिन चौतारीले तालाबन्दी गरेको हो । चौतारीका अनुसार महासंघले पठाएका सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटाएको छ ।

चौतारीले महासंघ केन्द्रले सदस्यता विवादमा गरेको सो कार्य प्रति पूर्ण विमती जनाउदै घोर आपत्ती व्यक्त गरेको छ । उक्त कार्यले पत्रकार महासंघ जिल्ला शाखा र प्रदेशको महत्व मर्यादा, सम्मान र यसको सर्वस्वीकार्य प्रति प्रश्न उठेको छ ।

यस प्रकारको हैकमवादी प्रवृतिले पत्रकार महासंघको केन्दीय कार्यसमितिले अहंकार, गैर जिम्मेवारी र नेतृत्वको असक्षमताको ऐना हो । नयाँ सदस्यता वितरणको प्रक्रिया लत्याएर विधि, विधान र प्रक्रिया विपरित केन्द्रबाट नाम परिवर्तन गर्ने कार्य हामीलाई कदापी स्वीकार्य हुन नहुने चौतारीले जनाएको छ ।

प्रक्रिया विपरित नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदा सम्म बाँके शाखाले निर्वाचन प्रकृया अगाडी नबढाउन जोडदार माग गरिएको छ ।

लाजको पसारो : दलालदेखि तस्कर हुँदै पुलिसदेखि मास्टर र दलिय नेता समेत महासंघका सदस्य रहेको केन्द्रबाट प्राप्त सदस्यताको विवरणमा स्पष्ट देखिएको छ ।

नयाँ सदस्य थप गर्ने विषयमा शाखाको सिफारिस कार्यान्वयन हुनुपर्ने, पुराना सदस्यलाई हटाउने कुकार्य तत्काल सच्याउनु पर्ने र सदस्यता सरुवा गरिएकोमा शाखाको अनिवार्य स्वीकृती हुनु पर्ने यी सवालमा सुनुवाई नभए यस शाखाको निर्वाचन कुनैपनि अवस्था अगाडी नबढ्ने नबढाउन माग गरिएको छ । ई सेतो खरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

error: Content is protected !!