०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी गर्‍यो

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC Sanchar
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखामा प्रेस चौतारी बाँकेले अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रूपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले महासंघ बाँकेमा तालाबन्दी गरेको हो ।

चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे लगायतका पत्रकारहरुको सहभागीतामा तालाबन्दी गरिएको प्रेस चोतारी बाँकेका सहसंंयोजक कमल डाँगी बताउँछन ।

महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिन चौतारीले तालाबन्दी गरेको हो । चौतारीका अनुसार महासंघले पठाएका सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटाएको छ ।

चौतारीले महासंघ केन्द्रले सदस्यता विवादमा गरेको सो कार्य प्रति पूर्ण विमती जनाउदै घोर आपत्ती व्यक्त गरेको छ । उक्त कार्यले पत्रकार महासंघ जिल्ला शाखा र प्रदेशको महत्व मर्यादा, सम्मान र यसको सर्वस्वीकार्य प्रति प्रश्न उठेको छ ।

यस प्रकारको हैकमवादी प्रवृतिले पत्रकार महासंघको केन्दीय कार्यसमितिले अहंकार, गैर जिम्मेवारी र नेतृत्वको असक्षमताको ऐना हो । नयाँ सदस्यता वितरणको प्रक्रिया लत्याएर विधि, विधान र प्रक्रिया विपरित केन्द्रबाट नाम परिवर्तन गर्ने कार्य हामीलाई कदापी स्वीकार्य हुन नहुने चौतारीले जनाएको छ ।

प्रक्रिया विपरित नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदा सम्म बाँके शाखाले निर्वाचन प्रकृया अगाडी नबढाउन जोडदार माग गरिएको छ ।

लाजको पसारो : दलालदेखि तस्कर हुँदै पुलिसदेखि मास्टर र दलिय नेता समेत महासंघका सदस्य रहेको केन्द्रबाट प्राप्त सदस्यताको विवरणमा स्पष्ट देखिएको छ ।

नयाँ सदस्य थप गर्ने विषयमा शाखाको सिफारिस कार्यान्वयन हुनुपर्ने, पुराना सदस्यलाई हटाउने कुकार्य तत्काल सच्याउनु पर्ने र सदस्यता सरुवा गरिएकोमा शाखाको अनिवार्य स्वीकृती हुनु पर्ने यी सवालमा सुनुवाई नभए यस शाखाको निर्वाचन कुनैपनि अवस्था अगाडी नबढ्ने नबढाउन माग गरिएको छ । ई सेतो खरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

error: Content is protected !!