११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

दाङमा मंगलबरदेखी यातायात बन्द गर्ने यातायात मजदुरहरुको घोषणा

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

(सागर थापा)
दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् । 

यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूणर् यातायात क्षेत्र अनिश्चितकालका लागि गर्ने मजदुरहरुले मजदुरहरुले चेतावनी दिएका छन् ।

यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिहरुले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ, तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निणर्य कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।
त्यसैगरी नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरहरुले बन्दको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्यामा परेकाले आन्दोलित हुन बाध्य भएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताउनुभयो ।

जिल्लामा चल्ने र जिल्लाबाट बाहिरिने कुनै पनि यात्रुबाहक सवारी साधन चल्न नदिने उनीहरुले बताएका छन् । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीले दीर्घ नारायण पौडेलले मंगलबार बिहान यातायात व्यावसायिहरुसङ छलफल गरेर समस्याको समाधान गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!