०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा मंगलबरदेखी यातायात बन्द गर्ने यातायात मजदुरहरुको घोषणा

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

(सागर थापा)
दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् । 

यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूणर् यातायात क्षेत्र अनिश्चितकालका लागि गर्ने मजदुरहरुले मजदुरहरुले चेतावनी दिएका छन् ।

यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिहरुले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ, तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निणर्य कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।
त्यसैगरी नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरहरुले बन्दको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्यामा परेकाले आन्दोलित हुन बाध्य भएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताउनुभयो ।

जिल्लामा चल्ने र जिल्लाबाट बाहिरिने कुनै पनि यात्रुबाहक सवारी साधन चल्न नदिने उनीहरुले बताएका छन् । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीले दीर्घ नारायण पौडेलले मंगलबार बिहान यातायात व्यावसायिहरुसङ छलफल गरेर समस्याको समाधान गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!