११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

दाङका यातयात मजदुरले गरेको अनिश्चितकालीन यातायात बन्द ६ बुँदे सहमतिसँगै खुला

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७


ABC Sanchar
दाङ । चक्काजाम लगायतका सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेर मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुसँगको छलफलपछि सहमति भएसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरी दिउँसो १ बजेपछि यातायात सुचारु हुनेभएको छ ।

यातायात मजदुर, यातायात व्यवसायी, प्रशासनको संयुक्त बैठकले मजदुरका समस्या समाधान गर्न एक विशेष समिति पनि गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार बिहानैदेखि बन्द रहेका सार्वजनिक सवारीका साधन सञ्चालन गराउन तथा मजदुरका समस्या समाधानमा चासो लिएपछि सहमतिको टुंगो लागेको हो ।

बैठकले यातायात मजदुरको तलबभत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरु सहमत जनाएको, सबै यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्न मन्जुर भएको, नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड युनियन बीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै, कोरोना भाईरस विरुद्धको भ्याक्सिन प्राथमिकतामा राखेर लगाउने सहमति पनि भएको छ । जसमा प्रमुख जिल्ला अधिकारी पौडेलले कोरोना विरुद्धको भ्याक्सिन आउनासाथ प्राथमिकतासाथ खोप लगाउने प्रवन्ध मिलाउने वचन दिनुभएको छ ।

यस्तै, यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ४ वटा सम्वद्ध निकायको विशेष समिति गठन गरी १५ दिनभित्र रायसुझाव पेश गर्ने सहमति भएको छ । उक्त समितिको संयोजकमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखलाई तोकिएको छ । उक्त समितिमा जिल्लामा रहेका ७ वटा यातायात प्रालिका प्रतिनिधि, ३ मजदुर संगठनका प्रतिनिधि र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई समावेश गरिएको छ ।

उक्त समितिले अबको १५ दिनभित्रमा रायसुझावसहितको समस्या समाधानको मार्ग प्रशस्त गर्ने गरी जिम्मेवारी प्रदान गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । उक्त सहमति पत्रमा ३ वटै यातायात मजदुर संगठन, यातायात व्यवसायी प्रतिनिधि, प्रहरी प्रमुखलगायतले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातयात मजदुर सघं दाङले संयुक्त रुपमा चक्का जामको आह्वान गरेका थिए । यातायात मदजुरहरुले तलव भत्ता र सेवा सुविधा नपाएको भन्दै बिरोधमा अनिश्चितकालिन यातायात बन्द गर्दा बिहानैदेखि जिल्लामा यातायात बन्द हुँदा यात्रुलाई सास्ती भएको थियो । समस्या समाधानका लागि भएको छलफल कार्यक्रमको सहजीरकण त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रेस संयोजक शरद रेग्मीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!