०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एकलाख ८५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

 

ABC SANChAR
दाङ । शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको देखिएको छ । फलस्वरुप दाङमा ११ औँ चरणमा यही चैत्र २० गते देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले बुधबार पत्रकारहरु सँग छलफलको आयोजना गरि जाने बुझेकाहरुले नै औषधी नखाँदा अभियान प्रभावित भएको बताएको छ । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले सबै नागरिकहरुले औषधी नखाँदा अभियान लम्बिरहेको बताएका छन ।

केही महिना पहिले स्वास्थ्य कार्यालयले घोराहीका नारायणपुर, बाहुनडाँडा र रामपुरमा साढे ९ सय जनामा परिक्षण गर्दा ३५ जनामा हात्तिपाईलेको संक्रमण देखिएको थियो । उपमहानगरले २० गते विभिन्न केन्द्रहरुबाट र २१ देखी २६ गते सम्म घरभेट मार्फत औषधी खुवाउने कार्यतालिका बनाएको छ ।

एक लाख ८५ हजार ६ सय ९० जनालाई औषधी खुवाउने लक्ष्य लिएको प्रमुख घर्तीले जानकारी दिनुभयो । जस्का लागि एक सय २५ जना स्वास्थ्यकर्मी र २ सय ३४ जना महिला स्वास्थ्य स्वंसेविकाहरु खटिने भएका छन् ।

गत बर्ष ५८ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकहरुलाई औषधी खान अपिल गरेका छन । नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएको उनको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले नागरिकहरुलाई औषधी सेवन अभियानमा सहभागि गराउन सञ्चार क्षेत्रले सदैब सहयोग गर्ने बताएका छन । स्वास्थ्य शाखाका ठाकुर खनालले लामखुट्टेको टोकाईबाट हात्तिपाईले रोगको संक्रमण फैलिने भएकाले सचेत र सजग रहने उपायको अबलम्बन गर्न आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]