१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिवमा काशी दर्शन उम्मेद्वारी किन?

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

(महेन्द्र सिंह)
१. नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई दलीय सिन्डिकेटबाट मुक्त गर्न ।
२. महासंघलाई वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारहरूको सङ्गठन बनाउन ।
३. विभिन्न बहानामा रोजगारी र पेशाबाट विमुख भएका सञ्चारकर्मीहरूको हक अधिकार स्थापित गर्न ।
४. लुम्बिनी प्रदेशमा सञ्चालित सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन अनिवार्यरूपमा कार्यान्वयन गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्न ।
५. गैरकानुनी, गैरन्यायोचित ढङ्गले सञ्चारकर्मीलाई सेवाबाट निष्कासन गर्ने सञ्चार गृहमाथि कारबाहीका लागि सम्बन्धीत निकायमा दबाब सिर्जना गर्न ।
६. महासंघभित्रका विकृति, विसंगतिलाई हटाउँदै स्वच्छ, निष्पक्ष र पारदर्शी तथा महासंघलाई सबैको पहुँचयुक्त बनाउन ।
७. पत्रकारिता पेशामा आबद्ध भएको पत्रकारहरुको पेशागत क्षमता वृद्धिका लागि सीप अभिवृद्धि तालिम तथा प्रशिक्षण अघि बढाउन ।
८. पत्रकारिताको इतिहास, अग्रज पत्रकारहरूको इतिहासको संरक्षणको पहल गर्दै श्रमजीवी, पेशाकर्मी सञ्चारकर्मीको पेशागत र सामाजिक सुरक्षाको ज्ञारेन्टीका लागि पहल गर्न ।
९. विभिन्न कारणले अशक्त, बिरामी वा अन्य सङ्कट बेहोर्नुपरेका सञ्चारकर्मी तथा जीवन गुमाएका सञ्चारकर्मीका परिवारको आर्थिक सुरक्षा र जीवनवृत्तिका लागि पहल गर्न ।
१०. साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चार गृह, सञ्चार सामग्री उत्पादन कम्पनी आदिलाई बचाउनका लागि महासंघमार्फत् नीतिगत व्यवस्थापनका लागि पहल गर्न ।
११. क्रियाशिल पत्रकारहरुका लागि बीमा र आकस्मिक उपचार कोषको व्यवस्था मिलाउन ।
१२. लुम्बिनी प्रदेशका सार्वजनिक निकायबाट ‘राष्ट्रिय मिडिया‘मा जाने करोडौंको विज्ञापन प्रदेशमै स्थापना भएका मिडियाले समानुपातिक तरीकाले पाउने कुराको ज्ञारेन्टीका लागि पहल गर्न । त्यसका लागि प्रदेश विज्ञापन बोर्ड गठन गर्न पहल गर्ने ।
१३. सम्बन्धीत निकायहरुसँग छलफल तथा समन्वय गरी प्रदेशमा सञ्चालित सञ्चार गृहलाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिलाउन पहन गर्न ।
१४. नीजि तथा सरकारी विद्यालयसँग छलफल तथा समन्वय गरी पत्रकारिता पेशामा क्रियाशील सक्रिय तथा न्यून आय भएका पत्रकारका छोराछोरीलाई निशुल्क पठनपाठनको व्यवस्थाका लागि पहल गर्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!