०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई साझा उमेद्वार बनाउने निर्णय

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

(ABC SANCHAR)
दाङ । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । यही चैत्र २५ गते हुने पत्रकार महासंघ दाङको निर्वाचनमा अध्यक्ष पदमा दुई संगठनले आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।

आचार्यले यस अघि पत्रकार महासंघ दाङको उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक रहनुभएकी आचार्यलाई केन्द्रको तालमेल अनुसार दुई संगठनले अध्यक्षको उमेद्वार बनाएको हो ।

अब अध्यक्ष पदमा आचार्य र प्रेस चौतारीका उमेद्वार दुर्गालाल केसी विच प्रतिस्पर्धा हुने छ । चुनाबका लागि आईतवार उमेद्वारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!