०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले विद्यार्थीहरुलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्राबिधिक तर्फका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ।

अस्थाई ट्राफिक प्रहरी पोस्ट गनापुरले नेपालगन्ज २० स्थित प्राबिधिक स्कुलका हेभी इक्युपमेन्ट तर्फका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना कार्यक्रम गरिएको गनापुर ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक पशुपति नाथले बताए।

पढ्दै गरिएका विद्यार्थीहरुलाई भोलीका दिनका लागि सजिलो हुने उदेश्यका साथ ट्राफिक ऐन नियम, सुरक्षित यात्रा, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएको प्रहरी नायब निरीक्षक नाथले जानकारी दिए।

बाँके ट्राफिक बर्तमान समयमा विद्यार्थी, सर्बसाधारण, चलाक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरणका लागि प्रशिक्षण दिदै आएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!