२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके ट्राफिकले विद्यार्थीहरुलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्राबिधिक तर्फका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ।

अस्थाई ट्राफिक प्रहरी पोस्ट गनापुरले नेपालगन्ज २० स्थित प्राबिधिक स्कुलका हेभी इक्युपमेन्ट तर्फका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना कार्यक्रम गरिएको गनापुर ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक पशुपति नाथले बताए।

पढ्दै गरिएका विद्यार्थीहरुलाई भोलीका दिनका लागि सजिलो हुने उदेश्यका साथ ट्राफिक ऐन नियम, सुरक्षित यात्रा, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएको प्रहरी नायब निरीक्षक नाथले जानकारी दिए।

बाँके ट्राफिक बर्तमान समयमा विद्यार्थी, सर्बसाधारण, चलाक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरणका लागि प्रशिक्षण दिदै आएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]