२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके नरैनापुरका आगलागि पीडितहरुको टेन्टमा बास राहात पुग्न सुरु

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागि हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२ घर जलेर खरानी भएपछि घरबारविहीन भएका परिवारलाई अस्थायी रुपमा ४० वटा टेन्टमा राखिएको नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

भावुक हुँदै उहाँले प्रकृतिले पनि वर्सेनी नरैनापुरलाई नै पटक पटक निसाना बनाउँदै गएको बताउनुभयो । उहाँले आगलागि पीडितको दुःख र पीडा हेरेर निकै दुःख लागेको बताउनुभयो । आगलागि पीडितलाई सहयोग गर्न सरकार र निजी संघसंस्थाहरुसँग सार्वजनिक अपील गरेको जनाउँदै अध्यक्ष शाहले सहयोगको वचनहरु आउन थालेको बताउनुभयो । ‘११२ परिवारसँग न त लगाएको लुगा बाहेक केही छ न त खाद्यान्न र भाडाकुँडा नै केही जोगिएको छ, उनीहरुको रोदन हेरेर मन दुख्छ ।’—शाहले भन्नुभयो ।
यसैबीच, आगलागिबाट घरबारविहीन भएका परिवारलाई छ लाख रुपियाँ बराबरको तयारी खाद्य सामाग्री वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । शनिबार दिउँसो लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका ११२ घर जलेर नष्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको थियो भने चार जना घाइते भएका थिए ।

आगलागि पीडितका लागि राष्ट्रिय मधेशी आयोगका सदस्य विजय गुप्ताले दिनु भएको पाँच लाख र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सहनिर्देशक डा. रोमन किदवाईले दिनुभएको एक लाख गरेर छ लाख रुपियाँको तयारी खाद्य सामाग्री वितरण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो । उहाँले वितरण गरिएको सामाग्रीमा चाउचाउ, विस्कुट, भुजा र पानी रहेको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट सोमबार नगद राहात वितरण गरिने समेत उहाँले बताउनुभयो ।

यसैगरी, लायन्स क्लब अफ नेपालगञ्जको तर्फबाट हरेक परिवारलाई एक हजार बराबरको गरेर एक लाख १२ हजारको खाद्यान्न वितरण गरिएको लायन्स क्लब अफ नेपालगञ्जका कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सोही प्रकारले बी ग्रुपले पनि हरेक परिवारलाई गैर खाद्य सामाग्री र डिगनिटी किट वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!