२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँके नरैनापुरका आगलागि पीडितहरुको टेन्टमा बास राहात पुग्न सुरु

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागि हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२ घर जलेर खरानी भएपछि घरबारविहीन भएका परिवारलाई अस्थायी रुपमा ४० वटा टेन्टमा राखिएको नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

भावुक हुँदै उहाँले प्रकृतिले पनि वर्सेनी नरैनापुरलाई नै पटक पटक निसाना बनाउँदै गएको बताउनुभयो । उहाँले आगलागि पीडितको दुःख र पीडा हेरेर निकै दुःख लागेको बताउनुभयो । आगलागि पीडितलाई सहयोग गर्न सरकार र निजी संघसंस्थाहरुसँग सार्वजनिक अपील गरेको जनाउँदै अध्यक्ष शाहले सहयोगको वचनहरु आउन थालेको बताउनुभयो । ‘११२ परिवारसँग न त लगाएको लुगा बाहेक केही छ न त खाद्यान्न र भाडाकुँडा नै केही जोगिएको छ, उनीहरुको रोदन हेरेर मन दुख्छ ।’—शाहले भन्नुभयो ।
यसैबीच, आगलागिबाट घरबारविहीन भएका परिवारलाई छ लाख रुपियाँ बराबरको तयारी खाद्य सामाग्री वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । शनिबार दिउँसो लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका ११२ घर जलेर नष्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको थियो भने चार जना घाइते भएका थिए ।

आगलागि पीडितका लागि राष्ट्रिय मधेशी आयोगका सदस्य विजय गुप्ताले दिनु भएको पाँच लाख र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सहनिर्देशक डा. रोमन किदवाईले दिनुभएको एक लाख गरेर छ लाख रुपियाँको तयारी खाद्य सामाग्री वितरण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो । उहाँले वितरण गरिएको सामाग्रीमा चाउचाउ, विस्कुट, भुजा र पानी रहेको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट सोमबार नगद राहात वितरण गरिने समेत उहाँले बताउनुभयो ।

यसैगरी, लायन्स क्लब अफ नेपालगञ्जको तर्फबाट हरेक परिवारलाई एक हजार बराबरको गरेर एक लाख १२ हजारको खाद्यान्न वितरण गरिएको लायन्स क्लब अफ नेपालगञ्जका कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सोही प्रकारले बी ग्रुपले पनि हरेक परिवारलाई गैर खाद्य सामाग्री र डिगनिटी किट वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]