१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

दिपायलबाट कैलाली सर्‍यो ७ नम्बर प्रदेश प्रहरी कार्यालय

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(सर्मिला बोगटी)
डोटी । सुदूरपश्चिम ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनले भने, ‘राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।’ वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन् ।

नेपाली सेनाको पृतना मुख्यालय यस अघि नै कैलालीको तेघरीमा सरिसकेको छ । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरुले आश्वासन दिँदै आएका थिए ।

संघीयता कायम हुनु पहिले दिपायलमा रहेका क्षेत्रिय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनमा प्रदेश स्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म कुनै कार्यालय स्थापना भएका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!